लागूऔषध सहित दुईजना पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । हेटौंडाको दुई छुट्टाछुट्टै स्थानबाट लागऔषधसहित दुईजनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।१४ किलो ९१० ग्राम लागूऔषध गाँजासहित त्रिभुवन राजपथ सडकखण्डअन्तरगत हेटौंडा उपमहानगरपालिका–२, चौकीटोलबाट एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ९ नामटार बस्ने वर्ष ४५ को राजकुमार मोक्तान रहेका छन् । उनलाई प्रहरीचौकी चौकीटोल, मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरी नायवउपरीक्षक अर्यालका अनुसार, भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको ना. २८ प १२११ नं. को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटरचालक मोक्तानको साथबाट गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको छ ।यस्तै, प्रहरीले हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङ घरभई हाल हेटौंडा–२ चौकीटोल बस्ने ३५ वर्षीय सोमनाथ फुँयाललाई लागूऔषधसहित पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध ओनरेक्स ६४ बोतलसहित फुँयाललाई पक्राउ गरेको प्रहरी नायवउपरीक्षक अर्यालले बताए । फुँयाललाई मकवानपुरबाट खटिएको प्रहरीटोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायवउपरीक्षक अर्यालले बताए ।







