वनको रखवाला नै हकवाला हुनुपर्नेमा सरोकारवालाको जोड

साझाकुरा
२०८१ माघ २२, मंगलवार १४:४०

हेटौंडा- जैविकविविधता रणनीति तथा कार्ययोजना र वन निर्देशनालयले तयार पारेको प्रदेश राष्ट्रिय वन नियमावलि माथि हेटौंडामा छलफल गरिएको छ ।नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको प्राविधिक सहयोग, समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपाल कफसनको समन्वयमा वन निर्देशनालय बागमती प्रदेशको आयोजनामा छलफल गरिएको हो । नेपालको जैविक विविधता रणनीति तथा कार्ययोजना निर्माणका लागि सम्बन्धित निकायका प्रतिनिधिसँग सुझाव लिने उद्देश्यले अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा जैविक विविधता संरक्षणको अवस्था, चुनौती लगायत विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले सामुदायिक वनपैदावारको उपयोग बढाउनुपर्ने बताउँदै रखवाला नै हकवाला हुने धारणा राखे । स्थानीय तहले पनि सामुदायिक वनको संरक्षणका लागि छुट्टै युनिट बनाउनुपर्नेमा उनको जोड थियो ।

जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलानले जैविक विविधता संरक्षणका साथै उपयोग पनि गर्न आवश्यक रहेको बताए ।पछिल्लो समय बन्यजन्तु र मानवबीचको द्वन्द्वको उदाहरण दिदै जैविकविविधता संरक्षणले नकारात्मक प्रभाव पनि पारिरहेकोतर्फ सचेत हुनुपर्नेमा उनको जोड थियो । वन निर्देशनालयका प्रदेश वन निर्देशक विद्यानाथ झाको अध्यक्षतामा भएको कार्यक्रममा वनविज्ञ पूर्वसचिव डाक्टर कृष्णचन्द्र पौडेल, गैसस बागमती प्रदेशका अध्यक्ष कमलकुमार विश्वकर्मा लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*