जलवायु परिवर्तनको संकेतः दामनमा माघमै लालीगुराँस फूल्यो

हेटौंडा- मकवानपुरको भीमफेदीस्थित अघोरक्षेत्र, थाहा नगरको सीमभन्ज्याङ, दामन र बकैयाको जीतपुरभन्ज्याङ क्षेत्रमा यसपटक गुराँस फूल्न थालेका छन् । स्थानीयवासीको अनुसार फागुन–चैतदेखि फूल्ने गुराँस पछिल्लो समय मङ्सिरको अन्तिमदेखि नै फाट्टफुट्ट फूलेको देखिएको छ ।पछिल्लो समय जलवायु परिवर्तनले वनस्पतिकोजीवनचव्रmमा पारेको प्रभावका कारण पनि समयअगावै गुराँस फूल्न थालेको बताइन्छ । दामनका स्थानीय राजेन्द्र भुजेलले भने, ‘पहिलेपहिलेको जस्तो लालीगुराँस फूल्न छोड्यो, रुख बुढो हुँदै गए । नयाँ बिरुवाको संरक्षण भएको छैन ।’ दामनका स्थानीय सुरज अधिकारीले विगतको तुलनामा दामनमा गुराँस लोप हुँदै गएको बताए ।
उच्चभाग र चिसो ठाउँमा पाइने गुराँस उचाइ, आद्र्रता, चाप, पानी, सुक्खा र माटोको प्रकृतिका आधारमा पनि ढिलोचाँडो फूल्ने गरेको वनस्पतिविज्ञ रघुराम पराजुलीले बताए । जलवायु परिवर्तनका कारण वनस्पतिको जीवनचव्रmमा देखिएको फेरबदलले गुराँस फूल्ने समयमा परिवर्तन भएको उनको भनाइ छ । जिल्लामा पाइने गुराँसको अध्ययन, अनुसन्धान नभए पनि यहाँ करिब आधा दर्जन प्रजातिको रातो, सेतो र दुर्लभ तथा लोपोन्मुख चिमाल प्रजातिको गुराँस भेटिएको छ । यहाँको पर्वतीय वनस्पति उद्यान, दामनले गुराँसको संरक्षण र प्रवद्र्धन गरिरहेको छ ।
समुद्री सतहबाट गुराँस एक हजार ३०० देखि चार हजार ६०० मिटरको उचाइमा गुराँस फूल्ने गर्छ । दामनको मुख्य आकर्षणको रुपमा रहेको गुराँस फूलेपछि डाँडाकाँडा नै र·िन र मनमोहक हुन्छ । नेपालका ४३ जिल्लामा ३३ प्रजातिको गुराँस पाइने गरेको एक अध्ययनले देखाएको छ ।