हेटौंडाका २५ जना साइकलप्रेमीद्वारा मरणोप्रान्त आँखादानको घोषणा

साझाकुरा
२०८१ माघ २२, मंगलवार १४:५०

हेटौंडा- आँखाको दृष्टि गुमाएर अन्धकारमय जीवन बिताइरहेको व्यक्तिलाई पुनः दृष्टि प्राप्त गर्न सक्ने गरी गरिने आँखा दानलाई उत्प्रेरित गर्न हिमालयन राइडर्स सोसाइटीले सामूहिक घोषणा गरेको छ । सोसाइटीका २५ जना सदस्यले मराणेप्रान्त आँखादान गर्ने गरी एकसाथ घोषणा गरेका हुन् । बसन्तपञ्चमीको अवसर पारेर सोसाइटीका २५ जनाले आँखादान गर्ने प्रतिबद्धता जाहेर गरी सामुदायिक आँखा केन्द्र हेटौंडामा हस्ताक्षरसहितको फर्म बुझाएका हुन् । सोसाइटीका अध्यक्ष राजु थापामगर, संस्थापक अध्यक्ष चेतनाथ आचार्य, सल्लाहकार भानुभक्त आचार्यलगायत २५ जनाले मरणप्रान्त आँखादान गर्ने घोषणा गरेका हुन् ।

आँखाको दृष्टि गुमाएर अन्धकारमा जीवन बिताइरहेको व्यक्तिलाई पुनः दृष्टि प्राप्त गर्न सक्ने गरी आँखादानलाई उत्प्रेरित गर्न सामूहिक प्रयास गरिएको अध्यक्ष थापामगरले बताए । नेपालमा आँखा बैंक सञ्चालन भएको २४ वर्ष भएको छ । अहिलेसम्म १६ हजार आँखा प्रत्यारोपण भइकेको छ भने ७५ हजारले मरणोपरान्त आँखाको नानी दान गर्ने इच्छा व्यक्त गरेका छन् ।

व्यक्ति विशेषले स्वेच्छापूर्वक आफ्नो मृत्युपश्चात् गरिने आँखादानको कार्यलाई मानवतावादी प्रयास वा मानवसेवाको अनुपम उदाहरणको रुपमा लिइन्छ । आँखा दानको महत्व र उपादेयताको बारेमा जनचेतना फैलाउने कार्य तथा अन्य ब्यक्तिलाई प्रेरणा मिलोस भनेर सामूहिक आँखादान गरेको सोसाइटीका संस्थापक अध्यक्ष आचार्यले जानकारी दिए । हेटौंडा सामुदायिक आँखा अस्पतालका निर्देशक डा. सुनिल थकालीसमक्ष र सोसाइटीका अध्यक्ष थापामगरले मरणप्रान्त आँखादान गर्ने प्रतिबद्धतापत्र हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*