हेटौंडाको १५ नम्बर वडा बालमैत्री घोषणा
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले फागुन १ गते बालमैत्री नगर घोषणा गर्ने अभियानअन्तर्गत हेटौंडा–१५ लाई २२ माघमा १८ औं बालमैत्री वडा घोषणा गरिएको छ ।
घोषणा कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामा प्रमुखअतिथि विशिष्टअतिथि उपप्रमुख राजेश बानियाँ र वडा अध्यक्ष सुनिल मोक्तानको सभाध्यक्षमा भएको थियो । १९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिका सबै वडालाई बालमैत्री घोषणा गर्ने लक्ष्यअनुसार अब अन्तिम वडा १४ नम्बरलाई बालमैत्री वडा घोषणा गरिनेछ । यससँगै हेटौंडा उपमहानगरपालिका फागुन १ गते बालमैत्री नगरको रुपमा औपचारिक घोषणा गरिनेछ ।







