टिपर दुर्घटनामा चालकको मृत्यु

साझाकुरा
२०८१ माघ २४, बिहीबार ११:४०

हेटौंडा-मकवानपुरगढी गाउँपालिकामा भएको टिपर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बुधबार दिउँस मकवानपुरगढी–७ सुकौरामा ढुंगा बोकेर आउँदै गरेको बा २ क ६६६४ नम्बरको टिपर सुकौराको खोटारखानीनजिकै पल्टिएको हो ।दुर्घटनामा टिपर चालक देवेद्र लुङ्वाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लोर्ड बोकेको टिपरमा ब्रेकफेल हुँदा दुर्घटना भएको अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मकवानपुरगढीको प्रहरीटोली घटनास्थल पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*