मनहरीमा बारिष्टा र कम्प्युटर तालिम समापन

साझाकुरा
२०८१ माघ २५, शुक्रबार ११:०७

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका–६ मा नमूना सामुदायिक विकास समिति मकवानपुरको आयोजनामा भएको बारिष्टा र कम्प्युटर तालिम समापन गरिएको छ । मनहरी गाउँपालिका–६ वडा कार्यालय तथा सुनाचुरी सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोगमा १५ दिने बारिष्टा र १५ दिने कम्प्युट तालिम बुधबार समापन भएको हो । कार्यक्रम मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यमा भएको हो । गाउँपालिकाले समूह बनाएर आउनेलाई विभिन्न प्रकारका तालिम र आवश्यक सहयोग प्रदान गर्न तयार रहेको अध्यक्ष कालाखेतीले बताए ।

तालिमले व्यक्तिगत फाइदा दिने भन्दै आफ्नै घरमा कफी तयार गरेर खानुका साथै व्यवसाय सञ्चालन गर्ने अवसरसमेत उपलब्ध गराउने हुनाले नयाँ काम सुरुगर्न हौसला प्रकट गरे । कम्प्युटर र प्रविधि आधुनिक जीवनको अभिन्न अ· भएको बताउँदै कम्प्युटर तालिम आजको युगको आवश्यकता भएको उनले बताए । यसले व्यक्तिलाई व्यावसायिक रुपमा दक्ष बनाउनुको साथै व्यक्तिगत जीवनमा समेत ठूलो सकारात्मक प्रभाव पार्ने उनको भनाई छ ।

मनहरी–६, का वडाध्यक्ष युवराज थपलियाले तालिमका लागि युवा–युवती धेरैले फारम भरेको भएपनि छनोट प्रक्रियाबाट थोरै मात्रै व्यक्तिलाई सहभागी गराई तालिम संचालन गरेको बताए । उनले महिलालाई स्वरोजगारमूलक र उद्यमशीलतासँग जोड्न यस्तो तालिम आवश्यक रहेकोले संचालन गरेको बताए । सुनाचुरी सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष पार्वती मोक्तानले तालिमबाट प्राप्त सीपलाई व्यवसायिक क्षेत्रमा प्रयोग गर्न सहभागीलाई प्रेरित गरे ।

उनले वडा कार्यालयसँग सहकार्य गर्दै काम गर्ने अवसर पाएको उल्लेख गर्दै अब महिलाले नयाँ काम गर्दै समाजमा स्थापित हुनुपर्ने समय आएको बताए । बारिष्टा तालिम मेघा इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका शिक्षक सुवास न्यौपानेले दिएका थिए । तालिममा ६० जना महिलाको सहभागिता रहेको थियो ।गुडविल कम्प्युटरका प्रशिक्षकद्वय सुभाष लामा ‘सजल’ र देवेन्द्र दुलालले तालिमको सहजीकरण गरेका थिए । तालिममा २४ जनाले सहभागिता जनाएका थिए । दुबै तालिम समापनमा प्रमुखअतिथि कालाखेतीले तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरेका थिए । प्रशिक्षक तथा आर्थिक सहयोगी दातालाई मायाको चिनो प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*