मकवानपुर र चितवनमा विपन्नलाई दुई हजार घर

साझाकुरा
२०८१ माघ २८, सोमबार १२:२२

हेटौंडा- मकवानपुर र चितवनमा जनता आवास कार्यक्रमबाट अति विपन्न तथा लोपोन्मुख र सीमान्तकृत समुदायका अति गरिब परिवारलाई २ हजार वटा घर निर्माण भएका छन् ।कार्यक्रम कार्यान्वयन भएको १४ वर्षको अवधिमा दुई जिल्लामा गरेर २ हजार ७ वटा घर बनेको हो । संघीय सरकारले मकवानपुरमा आर्थिक वर्ष ०६७÷०६८ देखि आर्थिक वर्ष ०७४÷०७५ सम्म चेपाङ समुदायका अति विपन्न ७ सय १ सय चेपाङलाई घर बनाएर हस्तान्तरण गरिसकेको शहरी विकास तथा भवन कार्यालय हेटौंडाका प्रमुख सुवोध अधिकारीले जानकारी दिए । शहरी विकास तथा भवन कार्यालय हेटौंडाले चितवन र मकवानपुरमा जनता आर्थिक वर्षास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

संघीय सरकारले आर्थिक वर्ष २०६७÷०६८ देखि मकवानपुरमा जनता आर्थिक वर्षास कार्यक्रम सञ्चालन गरेको थियो । आर्थिक रुपले अति विपन्न तथा लोपोन्मुख र सीमान्तकृत समुदायका अति गरिबहरुलाई निजी घरको व्यवस्था गर्न विगत १४ वर्षदेखि जनता आर्थिक वर्षास कार्यक्रममा मकवानपुरमा सञ्चालित छ । चितवनमा भने ६ वर्षदेखि उक्त कार्यक्रम सञ्चालन भइरहेको छ ।

आर्थिक वर्ष २०७५÷०७६ देखि संघीय सरकारले कार्यक्रम प्रदेश सरकारलाई हस्तान्तरण ग¥यो । आर्थिक वर्ष ०७५÷०७६ देखि प्रदेश सरकारले चितवन र मकवानपुरमा जनता आर्थिक वर्षास कार्यक्रम सञ्चालन गरेको छ । यी दुई जिल्लामा एक हजार ३ सय ६ वटा घर निर्माण गरेर हस्तान्तरण गरिसकेको उनले बताए । प्रदेश सरकारलाई संघीय सरकारले उक्त कार्यक्रम हस्तान्तरण गरेपछि आर्थिक वर्ष २०७५÷०७६ देखि चितवनमा पनि जनता आवास कार्यक्रम सञ्चालन गरिएको हो ।

जनता आवास कार्यक्रमबाट चेपाङ, वनकरिया, वोटे, पहरी, माझी र दलित समुदायका अतिविपन्न र लोपोन्मुख एवं सीमान्तकृत समुदायका व्यक्तिहरुलाई कार्यविधि अनुसार छनोट गरेर घर बनाएर हस्तान्तरण गर्दै आएको छ । प्रदेश सरकार मातहत रहेको शहरी विकास तथा भवन कार्यालयले लाभग्राहीको छनोट गर्नुका साथै भवन निर्माणको कामहरु गर्दै आएको हो ।

कार्यक्रमबाट सबैभन्दा धेरै चेपाङ समुदायका लाभग्राहीलाई घर बनाएर हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका निम्ति जनता आवास कार्यक्रमका लागि १४ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त रकमले शहरी विकास तथा भवन कार्यालयले एकीकृत वस्तीको अवधारणा अनुसार भवन निर्माण सुरु गरेको छ । एकीकृत बस्ती आर्थिक वर्षास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा चितवनमा २ सय २७ वटा र मकवानपुरमा २ सय ९५ वटा भवन निर्माण हुँदैछन् ।

चितवनमा १ सय २७ वटा भवन निर्माण भइसकेका छन् भने मकवानपुरमा १ सय १६ वटा भवन निर्माण भइसकेको कार्यालय प्रमुख अधिकारीले बताए । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ मा निर्माण गरिएको एकीकृत बस्तीका भवन छिट्टै हस्तान्तरण गरिने प्रमुख अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*