संस्कार बिनाको शिक्षा बिंड बिनाको खुर्पा जस्तैः प्रदेश प्रमुख

साझाकुरा
२०८१ माघ २८, सोमबार १२:३०

हेटौंडा- बागमती प्रदेश सरकारका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संस्कार बिनाको शिक्षा बिंड बिनाको खुर्पा जस्तै हुने बताएका छन् ।शनिबार चितवनको भरतपुरमा रहेको नयाँ किरण कमलकुसुम माध्यमिक विद्यालयको ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले यस्तो बताएका हुन् । विद्यार्थी लक्षित सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले भने, ‘तपाईहरु जिवनको उर्जाशीलउमेरमा हुनुहुन्छ । मेहनतभन्दा अर्को बिकल्प छैन ।

संसार मेहनतीहरुको हो । तपाईहरुसँग सपना हुनुपर्छ अनि, त्यो सपनाले विपनामा मेहनतको मार्गमा डो¥याउनुपर्छ । यति पढ्नुस् कि अभिभावकले अब त सुत भो नानीबाबू भन्नुपरोस् । तपाई जहाँ भएपनि सँस्कारी बन्नुस ।’

‘हरेक आमाबाबुले आफ्नो भन्दा सुखद जीवन छोरा छोरीको होस् भन्ने चाहन्छन् र त्यसका लागि आफ्ना रहरहरुको तिलाञ्जली दिएर आफना सन्तानको लागि दिनरात नभनी मेहनत गर्छन्’ उनले भने । घर बालबालिकाको पहिलो पाठशाला भएको बताउँदै प्रदेश प्रमुख देवकोटाले अहिलेका बालबालिका भिन्न समयमा जन्मेकाले थुप्रै अनुभवहरु उनीहरुलाई अर्थ नलाग्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*