सहमहामन्त्री डीनाबाट सडक स्तरीकरण कार्यको सुरुवात

साझाकुरा
२०८१ माघ २९, मंगलवार ०९:२९

हेटौंडा-थाहा नगरपालिकाको थानाबजारको पुलबाट पालुङ हुँदै देउराली, चिसापानी, देउखेल चल्ती सडकको स्तरीकरणको कामको सुरु भएको ।संघीय सहरी विकास मन्त्रालय मातहतको ‘एलआइडिपो’ हेटौंडामार्फत ठेक्का लागेको ४ करोड ३१ लाखको स्तरोन्नति कार्यको शुभारम्भ नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ ले गरेकी छन् । थाहा नगरपालिका प्रमुख बिष्णु विष्ट, उपप्रमुख भरत गोपालीसमेतले विधिवत पूजाआजासहित स्तरोन्नतिको शुभारम्भ गरेका हुन् । डीनाको पहलमा सहरी विकास मन्त्रालयबाट सडक स्तरोन्नतिको लागि बजेट व्यवस्था भएको जनाइएको छ ।

स्थानीय विकास पूर्वाधार विकास आयोजना कार्यालयलेले ४ करोड ३१ लाखको बजेट बिनियोजन गरेकोमा बि एन्ड पि निर्माणले ३ करोड ४७ लाख २५ हजार ७ सय ४७ रुपैयाँमा निर्माण गर्नेगरी ठेक्का पाएको छ । ३ खण्डमा कार्य गर्ने गरी ३२ किलोमिटर सडक स्तरोन्नतिमा आरसीसी ढलान, परमिक्स, ग्याभिन वाललगायतको काम रहेको निर्माण व्यावसायी प्रदीप भट्टले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर २, ३ र ७ मा सडक स्तरोन्नतिको काम हुनेछ भने २०८३ साउन ८ गतेसम्ममा काम सम्पन्न गरिसक्नु पर्नेछ । सडक स्तरोन्नति शुभारम्भ गर्दै नेतृ उपाध्यायले स्थानीय यातायातको सुविधा र विकासमा यो सडकले महत्वपूर्ण योगदान पु¥याउने बताउँदै योजनाको सफल कार्यान्वयनमा सबैको सहयोगको आवश्यक रहेको बताएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*