हेटौंडा अस्पतालमा बीमाको ओपिडी टिकटले एकसाता काम गर्ने
हेटौंडा-मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्तालमा स्वास्थ्य बीमामा आबद्ध भएका बिरामीले दैनिक रुपमा ओपिडी टिकट दर्ता गर्न नपर्ने भएको छ ।एकपटक काटेको ओपिडी टिकटले सात दिनसम्म काम गर्ने गरी नियम संशोधन गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । यसअघि टिकट हरेक दिन नवीकरण गर्नुपर्ने झन्झट थियो । अस्पतालले सोमबार सूचना जारी गर्दै स्वास्थ्य बीमाअन्तर्गतका बिरामीका लागि एकपटक ओपिडी टिकट लिएपछि एक हप्तासम्म दर्ता नगरी फ्लोअप गर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।







