लागूऔषधसहित एकजना पक्राउ

साझाकुरा
२०८१ माघ २९, मंगलवार ०९:३४

हेटौंडा- मकवानपुरमा अवैध लागूऔषध ओसारपसारको आरोपमा आइतबार साँझ एकजना पक्राउ परेका छन् । मनहरी गाउँपालिका–४ बस्ने २१ वर्षीय अमन प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।उनलाई हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम १ सय १० मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय सानोपोखरीबाट खटिएको प्रहरीले प्रजालाई पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*