थाहा नगरपालिकाको वेबसाइट ह्याकरको नियन्त्रणमा

साझाकुरा
२०८१ फाल्गुन २, शुक्रबार ११:४३

हेटौंडा- मकवानपुरको थाहा नगरपालिकाको वेबसाइट ह्याक भएको छ । नगरपालिकाको नाममा दर्ता गरिएको सबडोमेनमा अनाधिकृत रुपमा वेबसाइट ह्याक भएको खुलासा भएको हो ।ह्याकरले वेसबाइट नियन्त्रणमा लिई इन्डोनेसियाली भाषामा ‘ढिलासुस्ती गर्न मन नपराऊ, तिमीलाई निन्द्रा लाग्नेछ’ भन्ने सन्देश छोडेका छन् । आक्रमणकारीले आफूलाई इन्डोनेसियाली ह्याकर भएको र ह्याकर समूहसँग आबद्ध रहेको दाबी गरेका छन् । यो समूहमा इन्डोनेसिया, चीन र रुसका सदस्य रहेको बताइएको छ । ह्याकरले आफ्नो पहिचान खुलाउने क्रममा जोन–एच आर्काइभ र टिकटक ह्यान्डलको लिंक पनि वेबसाइटमा राखेका छन् ।

जोन–एच ह्याक भएका वेबसाइटहरुको रेकर्ड राख्ने र साइबर सुरक्षासम्बन्धी समाचार प्रकाशन गर्ने एक चर्चित प्लेटफर्म हो । यस घटनाबारे थाहा नगरपालिका भने अनभिज्ञ देखिएको छ । नगरका सूचनाअधिकारी सुरजकुमार भुजेलले यसबारे आफूहरुले थप बुझ्ने प्रतिक्रिया दिए । उनले भने, ‘हामीलाई यो घटनाबारे जानकारी छैन । अब बुझ्छौं ।’ यो घटनाले नेपालका सरकारी वेबसाइटको सुरक्षामाथि प्रश्न खडा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*