लागूऔषध सहित चारजना पक्राउ

साझाकुरा
२०८१ फाल्गुन २, शुक्रबार ११:५०

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१५ ड्राईभरडाँडास्थित सडकखण्डबाट बुधवार राति अवैध लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।प्रहरीले हेटौंडा–८ बस्ने वर्ष २३ को निखिल तिमल्सिना, वर्ष २८ को भीमसेन पाण्डे, हेटौंडा–७ बस्ने वर्ष २७ को मन्जित गौतम र हेटौंडा–५ बस्ने वर्ष २० को साकार ढुंगेललाई प्रहरीले पक्राउ गरेको मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनीहरुलाई प्रहरीचौकी रातोमाटेबाट खटिएको प्रहरीटोलीले ४ ग्राम ९१० मिलि ग्राम लागूऔषध खैरोहेरोईन सहित पक्राउ गरेको हो ।

प्रहरी नायवउपरीक्षक अर्यालका अनुसार, वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको प्र.२–०३–०२१ प ६३०८ र बा.प्र. ०३–००५ प ९६६६ नं. को मोटरसाइकल रोकी चेकजाँच गरिएको थियो । चेकजाँचको क्रममा निखिलको साथबाट सो परिणामको लागूऔषध बरामद भएपछि चारैजना मिलेर ल्याएको बताइएपछि निजहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धानकार्य अगाडि बढाएको प्रहरी नायवउपरीक्षक अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*