स्तरोन्नतिका लागि फाखेल–हुमाने सडक बन्द
हेटौंडा-काठमाडौं–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न शुक्रबारबाट बन्द भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले बताए ।उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् । कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग यो सडकका विकल्प हुन् ।
काठमाडौंबाट हेटौंडा निस्कने छोटो दूरीको यो सडक स्तरोन्नतीको लागि भन्दै पटकपटक बन्द गरिँदै आइएको छ । यसअघि यो सडकको विकल्पको रुपमा रहेको हेटौंडा–कुलेखानी–सिस्नेरी–फर्पिङ सडक पनि स्तरोन्नतिको लागि बन्द गरिएको थियो ।







