स्वतन्त्र पत्रकार संघमा घिमिरेको नेतृत्व

साझाकुरा
२०८१ फाल्गुन ३, शनिबार १३:०५

हेटौंडा- स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा राजन घिमिरे सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको चौथो अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।संघका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठको विशेष उपस्थिति रहेको थियो । नवगठित कार्यसमितिमा अध्यक्ष घिमिरेसँगै समितिको उपाध्यक्षमा रवीन्द्र कार्की, सचिवमा बसन्त भण्डारी, कोषाध्यक्षमा अस्मिता भट्टराई चयन भए ।

संघको सदस्यमा सुमिना चौलागाई, प्रमोद सहनी र नवीन चौधरी सदस्य चयन भएका छन् ।नवनिर्वाचित अध्यक्ष घिमिरेले स्वतन्त्र पत्रकारिताको प्रवद्र्धन, पत्रकारको हकहित संरक्षण तथा संघलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । घिमिरे रेडियो थाहा सञ्चारमा कार्यरत रहनुका साथै खबरसहकारी डटकमका सम्पादक छन् । संघको गतिविधिलाई व्यवस्थित गर्दै नियमित बैठक, पत्रकारिता तालिम, कानुनी सहायता तथा डिजिटल प्रवद्र्धनलाई प्राथमिकता दिने उनले बताए । पत्रकारको पेशागत सुरक्षाका लागि संघ अझ क्रियाशील बन्नुपर्ने आवश्यकता घिमिरेले औंल्याए ।

यसमा तपाइको मत

Your email address will not be published.


*