लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एसको जिल्ला अधिवेशन हुने

साझाकुरा
२०८१ फाल्गुन ३, शनिबार १३:०८

हेटौंडा- लायन्स क्लब इन्टरनेशनल अन्र्तगतको डिष्ट्रिक्ट ३२५ एस को जिल्ला अधिवेशन हेटौंडामा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै तेस्रो जिल्ला अधिवेशन आगामी वैशाख ६ गते हेटौंडामा हुने जनाइएको हो ।अधिवेशनको लागि आवश्यक तयारीको सुरुवात भएको डिष्ट्रिक्ट गर्भनर टासीडोल्मा तुम्बहाम्फेले जानकारी दिए । उनका अनुसार, अधिवेशनमा विगतका कार्य समिक्षा गर्नुका साथै आगामी लायन वर्ष २०२५–२०२६ को लागि नयाँ नेतृत्व चयन समेत चयन गरिनेछ । अधिवेशनका क्रममा करिब हजार प्रतिनिधि हेटौंडामा सहभागी हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

यस डिष्ट्रिक्टको हेटौंडा, काठमाडौं र वीरगंज गरी तिन क्षेत्रहरु पर्दछन् । जसअन्तर्गत १ सय ३८ वटा क्लबहरुमा २ हजार सदस्य संख्या रहेका छन् । पत्रकार सम्मेलनमा लायन्स डिष्ट्रिक्ट कन्भेन्सनर किशोर टण्डन, पास्ट डिष्ट्रिक्ट गर्भनर सम्भु नकर्मी, सचिव गौरी चिमरिया, कोषाध्यक्ष रजनी तिवारी, जिल्ला कार्यकारीप्रमुख अंकिता सुमार्गी, स्वीकृतराज पराजुली, पत्रकार महासंघ मकवानपुर शाखाअध्यक्ष बालकृष्ण अधिकारी लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*