हेटौंडा आइडलमा ३५ प्रतियोगी, १५ नवप्रतिभा छनोट
हेटौंडा- निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा भएको हेटौंडा आइडलमा भएको ३५ जना प्रतिस्पर्धामा सहभागी भएका छन् । शनिबार हेटौंडामा भएको अडिसनमा प्रतियोगीले गायन प्रस्तुत गरेका छन् ।संघको आयोजनामा हेटौंडामा फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौंडा–१० स्थित टिसिएनचौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को अवसरमा हेटौंडा आइडल आयोजना गरिएको हो । हेटौंडा आइडलको दोस्रो संस्करणको पहिलो चरणको छनोटमा परेका १५ जना नवप्रतिभाले फागुन ७ गतेबाट स्टेज प्रस्तुति गर्ने गरी कार्यक्रम तय गरिएको छ ।
आइडल २०८१ व्यवस्थापन उपसमितिका संयोजक टाकाराज थापाले हेटौंडा आइडलको ग्राण्ड फिनाले फागुन १७ गते जानकारी दिएका छन् । आयोजक निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले हेटौंडा आईडललाई ५१, फष्ट रनरअपलाई २५ र सेकेण्ड रनरअपलाई १५ तथा दुईजना रनरअपलाई जनही पाँच हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ । गायक कृष्णगोपाल महर्जन, सुनिता बुर्लाकोटी र ईश्वर खड्का हेटौंडा आइडलको निर्णायक रहेका छन् ।







