‘शुद्ध पिउने पानी’ अबको प्राथमिकताः मन्त्री खड्का
हेटौंडा-बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले जनतालाई ‘शुद्ध पिउने पानी’ घरघरमा पु¥याउन मन्त्रालयले प्राथमिकताका साथ काम अगाडि बढाएको बताएका छन् ।खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा–१९ नेवारपानीको २४ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री खड्काले जनताको घरमा अब ‘पिउने पानी’ मात्रै होइन ‘शुद्ध पिउने पानी’ पु¥याउन मन्त्रालयले ऐन र कार्यविधि नै बनाएर अगाडि बढेको खुलासा गरेका हुन् ।
‘बागमती प्रदेशमा हाल ९६ प्रतिशत घरमा खानेपानी सुविधा उपलब्ध छ, सन् २०३० सम्म सत् प्रतिशत घरमा ‘एक घर, एक धारा’ पु¥याउने अबधारणा अनुसार काम भइरहेको छ’, मन्त्री खड्काले भने– तीमध्ये धेरै क्षेत्रमा शुद्ध पिउने पानी छैन । मन्त्रालयले पिउन लायक पानी बनाउन फिल्टर प्लान्ट कार्यनीति नै तयार गरेर काम अघि बढाइएको उनले बताए ।
संघीय ऐन जारी भइसकेकोले मन्त्रालयले ‘खानेपानी ऐन’को मस्यौदा तयार गरी मन्त्रिपरिषद्हुँदै चालु हिउँदे अधिवेशनमा लैजाने तयारी गरेको मन्त्री खड्काको भनाइ छ । खानेपानी उपभोक्ता सम्बन्धी कार्यविधि (एनवास) पनि मन्त्रिपरिषद्मा पठाइसकिएको उनले जानकारी दिए ।समितिका अध्यक्ष विष्णुलाल स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ट अतिथि हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले खानेपानीको क्षेत्रमा बागमती प्रदेश सरकारले ठूला आयोजनामा लगानी गरेर धेरै सहयोग गरेको बताए । उपप्रमुख बानियाँले खानेपानी क्षेत्रमा परेका समस्या उपमहानगरपालिकाले प्राथमिकताका साथ सम्बोधन गर्दै आएको बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने, ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापालगायत विभिन्न टोल विकास संस्था, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो ।
नयाँ कार्यसमितिमा पुनः स्याङ्तान
साधारणसभाले पुनः विष्णुलाल स्याङ्तानको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नव निर्वाचित कार्यसमितिमा उपाध्यक्ष सरस्वती भण्डारी, सचिव लोकबहादुर मु्क्तान, कोषाध्यक्ष बिमिरा श्रेष्ठ, सहसचिव सुमन बर्देवा तथा सदस्यहरुमा गोपी अर्याल, चन्द्रबहादुर जिम्बा, ईश्वर पराजुली, हिना श्रेष्ठ, सम्झना श्रेष्ठ, गोपीमाया अधिकारी चयन भएका छन् ।







