डाङडुङ्गे सामुदायिक वनमा पुनःपुडासैनी
हेटौंडा-डाङडुङ्गे सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः शालिकराम पुडासैनी निर्वाचित भएका छन् । हेटौंडा उपमहानगरपालिका–११ स्थित डाङडुङ्गेमा रहेको आनन्दभैरव आधारभूत विद्यालयमा भएको निर्वाचनमा पुडासैनी पुनः अध्यक्षमा दोहोरिएका हुन् । घर चुनावचिन्ह लिएर निर्वाचन प्रक्रियामा भाग लिएका पुडासैनीले १ सय ९८ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी बोजबहादुर पण्डितले १ सय २५ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा १ सय ३० मत प्राप्त गर्दै शिव अगस्ती पुनः दोहोरीएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण बानियाँले ६९ मत प्राप्त गरे ।
यस्तै सचिवमा कल्पना कुमारी मगर १ सय ९ मत प्राप्त गर्दै निर्वाचित हुँदा सहसचिवमा शेखरराज मैनाली निर्बिरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने निर्मला पुडासैनी १ सय ९५ मत प्राप्त गरी बिजयी भएका छन् ।समूहको सदस्यमा खुलातर्फ हरिशरण लामिछाने, शुसान्त आले, रामेश्वर नगरकोटी निर्वाचित भएका छन् । खुला महिला सदस्यमा सीता न्यौपाने, माधुरी राना थापा, जनजाति महिला सदस्यमा सुनिता थापा र खसआर्य महिला सदस्यमा कामना कार्की निर्बिरोध चयन भएका छन् । ४ सय ६६ मतदाता रहेको सामुदायिक वनको निर्वाचनमा ३ सय ४० मत खसेको निर्वाचन अधिकारीहरुले जनाएका छन् ।







