निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अघि बढाउन सरकार सकारात्मक

साझाकुरा
२०८१ फाल्गुन ५, सोमबार ११:२७

हेटौंडा- प्रधानमन्त्री केपी शर्मा ओलीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउन सरकार सकारात्मक रहेको बताएका छन् ।प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद्हरुको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले ठूलो बजेटको माग गरे पनि बनाउन सरकार सकारात्मक रहेको बताएका छन् । सरकारले तराई–मधेशका आयोजनालाई प्राथमिकतामा राखेको समेत उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले जयनगर–जनकपुर–कुर्था–विजलपुरा ५२ किलोमिटर रेलवेको निर्माणकार्य सम्पन्न भई यात्रुबाहक रेलसेवा दैनिक सञ्चालन भएको बताए । जयनगर–जनकपुर हरेक दिन ३ पटक र जनकपुर–विजलपुरा दिनको १ पटक आउने–जाने गरी रेलसेवा दिएको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले काठमाडौं–तराई–मधेश द्रुतमार्गलाई शीघ्र सम्पन्न गर्न नेपाली सेनालाई जिम्मेवारी तोकिएको बताए । ‘यस आयोजनालाई छिटो सम्पन्न गर्ने सम्बन्धमा सम्बद्ध निकायका उच्चपदाधिकारीसँग पटकपटक छलफल गरी तीव्रताका साथ कार्यान्वयन गरेको छु । यस आयोजनाको हालको भौतिक प्रगति ३७.६ प्रतिशत रहेको छ,’ प्रम ओलीले भने । सुनकोशी–मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको निर्माण सम्पन्न भइसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*