वित्तीय सुशासन जोखिम मूल्यांकनमा कैलाश पहिलो, हेटौंडा पाँचौ

साझाकुरा
२०८१ फाल्गुन ५, सोमबार ११:३०

हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिका आर्थिक वर्ष २०८०÷८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा जिल्लाकै पहिलो हुन सफल भएको छ ।कूल एक सय पूर्णाङ्कमा कैलाश गाउँपालिकाले ८६ अंक प्राप्त गर्दै पहिलो स्थान ओगटेको हो । त्यसैगरी मूल्यांकनको दोस्रो स्थानमा बागमती गाउँपालिका रहेको छ । बागमतीले ८५ दशमलब ५ अंक प्राप्त गरेको हो । तेस्रो स्थानमा रहेको मनहरी गाउँपालिकाले ८३ दशमलब ५ अंक प्राप्त गरेकोछ । त्यसैगरी थाहा नगरपालिका ८१ अंक प्राप्त गर्दै चौथो स्थानमा रहेको छ ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा हेटौंडा उपमहानगरपालिका भने पाँचौ स्थानमा रहेको छ । उपमहानगरपालिकाले ७९ अंक प्राप्त गरेको हो । मकवानपुरगढी गाउँपालिका ७१ दशमलब ५ अंक प्राप्त गर्दै छैटौं स्थानमा रहँदा राक्सिराङ गाउँपालिकाले ७० अंक प्राप्त गर्दै सातौं स्थानमा रहेको छ ।आठौं स्थानमा रहेको ईन्द्रसरोवर गाउँपालिकाले ६६ अंक प्राप्त गरेको छ भने बकैया गाउँपालिका ६४ अंक प्राप्त गर्दै नवौं स्थानमा रहेको छ । वित्तीय सुशासन जोखिम मूल्यांकनमा भीमफेदी गाउँपालिका मकवानपुरको अन्तिम स्थानमा पुगेको छ । भीमफेदीले ५४ अंक प्राप्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*