अनेरास्ववियु एमएमसी कमिटीको क्याम्पस प्रमुखसमक्ष १२ बुँदे माग

साझाकुरा
२०८१ फाल्गुन ५, सोमबार ११:३२

हेटौंडा- नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुख डा.यम सिलवाललाई १२ बुँदे मागपत्र बुझाएको छ ।आईतवार क्याम्पस संयोजक प्रसिद्ध रेग्मी नेतृत्वको टिमले क्याम्पस प्रमुख सिलवाललाई मागपत्र बुझाएको हो । मागपत्रमा क्याम्पसका समसामयिक विषयलाई समेटेर बुझाइएको क्याम्पस कमिटीका सदस्य निशान्त भण्डारीले जानकारी गराएका छन् । क्याम्पसभित्र स्वच्छ र स्वस्थ्य वातावरण निर्माणदेखिहरेक ब्लकका तल्लामा खानेपानीको प्रबन्ध गर्न माग गरिएको छ ।

क्याम्पसको शुल्क÷ महशुल बुझाउने व्यवस्थालाई ‘फोन पे’ बाटै बुझाउने प्रणालीको व्यवस्था गर्न कमिटीले माग गरेको सदस्य भण्डारीले बताए । क्याम्पसको कक्षाकोठा प्रबिधिमैत्री हुनुपर्ने र लाइब्रेरीमा किताबको सहज व्यवस्थापन गर्न समेत उनीहरुले क्याम्पस प्रशासनसमक्ष माग गरेका छन् ।कार्यक्रममा अनेरास्ववियु प्रदेश कमिटी सदस्य भूपेन्द्र राना, जिल्ला कमिटीका उपाध्यक्ष नवराज शर्मा, शिव पुलामी, जिल्ला कमिटी सहसचिव जस्प्रीता अधिकारी, जिल्ला कमिटी कोषाध्यक्ष ईशा पाख्रिन, स्ववियु कोषाध्यक्ष हिमानी सुवेदी, स्ववियु सदस्य अभिषेक दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*