जलन उपचार केन्द्र स्थापना गर्न माग

साझाकुरा
२०८१ फाल्गुन ५, सोमबार ११:३५

हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् विन्दावासिनी कंसाकारले नेपालमा आगलागीको घटना बढिरहेको बताएकी छन् ।आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले आगलागीको घटनाको पूर्वतयारीमा सरकारले ध्यान दिनुपर्ने बताइन् । ‘नेपालमा अकुपेस्नल सेफ्टी एण्ड हेल्थलाई प्राथमिकता दिइँदैन । जसकारण उच्चपदस्थ व्यक्तिहरु समेत दुर्घटनाको शिकार भइरहेका छन्,’ उनले भनिन् । ‘थिङ्क सेफ्टी, डु सेफ्टी’ भन्ने अवधारणा केवल नारामा मात्र सीमित हुन पुगेको उनको भनाइ छ ।

जलन जसलाई जहाँ जुनबेला पनि हुनसक्ने र यसले ठूलो मान्छे र सानो मान्छे जो पनि पीडित हुनसक्ने, ज्यान जानसक्ने र अपा·ता हुनसक्ने उनले बताइन् । यही आवश्यकता महसुश गरेर आफूले संसद्मा गैरसरकारी विधेयक दर्ता गरेको पनि उनले स्मरण गरिन् ।सांसद कंसाकारले जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र स्थापना गर्न समेत माग गरिन् । उनले प्रत्येक वर्ष ६० देखि ६५ हजार नेपाली नागरिक जलनमा पर्ने गरेको उल्लेख गरिन् ।

सांसद कंसाकारले नेपालमा जनशक्ति उत्पादन र स्वास्थ्य क्षेत्रलाई गम्भिर रुपमा नलिँदा उच्चपदस्थ व्यक्तिहरु समेत जलनमा पर्ने गरेको बताइन् । कंसाकारले उच्चपदस्थ व्यक्तिलाई तत्कालै हेलिकोप्टरको व्यवस्था गरिने तर, आम सर्वसाधारण नागरिकले एम्बुलेन्स समेत पाउन नसक्ने अवस्था रहेको समेत संसद्मा बताइन् । कंसाकारले ७ महिना अघि जनलसम्बन्धी गैरसरकार विधेयक संसदमा दर्ता गराएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*