भाइस डिस्ट्रिक्ट गभर्नर पदको लागि यादवको उम्मेदवारी घोषणा

साझाकुरा
२०८१ फाल्गुन ८, बिहीबार १०:५८

हेटौंडा- लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल लायन वर्ष सन् २०२५÷२६ का लागि सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदको लागि चार्टर प्रेसिडेन्ट लायन जेपी यादवले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले गभर्नर पदको लागि उम्मेदारी घोषणा गरेका हुन् । केवल पद प्राप्तगर्ने प्रयासको लागि मात्र नभई जिम्मेवारी पूरा गर्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको यादवले बताए । पत्रकार सम्मेलनमा उनले भावी कार्ययोजनासहित प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन् ।

डिस्ट्रिक्ट गभर्नरले अघि सारेको नारालाई आत्मसात् गर्दै कार्य गर्ने उनको प्रतिबद्धता छ । पत्रकार सम्मेलनमा यादवले निःशुल्क स्वास्थ्यपरीक्षण गर्नेदेखि आर्थिक रुपमा कमजोर विद्यार्थीको लागि छात्रवृत्तिको कार्यक्रम सञ्चालन गरिने बताए । पर्यावरण संरक्षणको लागि फोहोर व्यवस्थापन सचेतना कार्यक्रमलाई अगाडि बढाउने उनको योजना छ । सडक बालबालिकाको लागि पुनस्र्थापनाको अभियान सञ्चालन गरिने उनले बताए ।

नेतृत्व तथा क्षमता विकास तालिमलाई थप प्रभावकारी बनाइने यादवको प्रतिबद्धता रहेको छ । महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गर्नेदेखि साइबर सुरक्षाबारे सचेतना कार्यक्रम सञ्चालन गर्नेसम्मको योजना यादवको प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*