हेटौंडा ६ मा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु

साझाकुरा
२०८१ फाल्गुन ८, बिहीबार ११:०९

हेटौंडा- हेटौंडा–६ मा रहेको शान्तिटोल टोलविकास संस्थाको आयोजनामा बुधबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ ।नेपाली कांग्रेस बागमती प्रदेशसभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवम् टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुखअतिथि बानियाँले धर्मले सबैलाई सत्य र ठीकको बाटोमा हिड्न प्रोत्साहित गर्ने बताउँदै धर्मको आडमा राजनीति गर्न नहुने बताए । उनले धर्म संस्कृतिको जगेर्ना र विकास निमार्णमा महायज्ञले सहयोग गर्ने बताउँदै सबैलाई आफ्नो गच्छेअनुसार दान गर्न अनुरोध गरे ।

उनले आफू यसअघिदेखि नै शान्तिटोलको विकासमा जोडिइरहेको बताउँदै विपी गणेशमान स्मृति शान्ति पार्कमा निर्माण हुने राधाकृष्ण मन्दिर र ज्येष्ठनागरिक मिलन केन्द्र भवनलाई पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ, हेटौंडा–६ वडाअध्यक्ष विष्णुबहादुर दाहाल, हेटौंडा–७ का वडाअध्यक्ष दामोदर गौतम, नेकपा एमाले हेटौंडा–६ का वडाअध्यक्ष विश्वराज राई, कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईं, टोलविकास संस्थाका कोषाध्यक्ष पूर्णभद्र चौलागाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, हेटौंडा–६ का राजनीतिक दल, संघसंस्था, सहकारी, टोलविकास, धार्मिक संघसंस्था लगायतका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो । महायज्ञ उद्घाटनअघि शान्तिटोलबाट सुरु भएको कलशयात्रा बंशगोपाल मन्दिर पुगी पुनः महायज्ञस्थल आएको थियो ।शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर एवम् ज्येष्ठनागरिक भवन निर्माणका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*