सुनगाभा शिक्षा निकेतनले मनायो अभिभावक भेला
हेटौंडा-हेटौंडा–६ चौघडामा रहेको सुनगाभा शिक्षानिकेतन ईङलिस स्कूलको २५ औ अभिभावक भेला तथा विविध सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।भेलामा विद्यालयका अध्यक्ष रामहरि न्यौपानेले संस्थागत प्रतिवेदन र प्रिन्सिपल अरुणकुमार पराजुलीले शैक्षिक प्रतिवेदन पेश गरेका थिए । हेटोडा उपमहानगरपालिका–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् विद्यालयका अध्यक्ष न्यौपानेको सभाध्यक्षतामा भेला भएको हो । कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावकलगायतलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा हेटौंडा–६ का वडासदस्य लेखराज ढकाल, सरिता सापकोटा, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, शिक्षाविद बद्रीबहादुर पाठक, विद्यालयका पूर्वअध्यक्ष हिमाल पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मीकुमारी कर्माचार्य, सहायक प्रिन्सिपल सुस्मिता न्यौपाने, बाल संजालकी अध्यक्ष आरोही गौतम, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । मकवानपुरको पूर्वीक्षेत्रको शैक्षिक गहनाको रुपमा रहेको विद्यालयमा करिव ७ सय विद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षक शिक्षिका र कर्मचारी समेत ४२ जना कार्यरत रहेको विद्यालयले जनाएको छ ।







