घरको छतबाट खसेर अधिकारीको मृत्यु

साझाकुरा
२०८१ फाल्गुन १०, शनिबार १४:३०

हेटौंडा, ९ फागुन÷घरको छतबाट खस्दा हेटौंडा–५ सानोपोखरामा एकजना पुरुषको मृत्यु भएको छ । शुक्रवार बिहान हेटौंडा–५ स्थित सानोपोखराका हरि लामिछानेको घरमा केही दिनदेखि बस्दै आएका चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बस्ने अन्दाजी ६० वर्षीय गोबिन्द अधिकारी घरको छतबाट खस्दा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । लामिछाने र मृतक अधिकारी साला भिनाजुको नाता पर्ने प्रहरीले उल्लेख गरेको छ ।

अधिकारी ३ तल्ले घरको छतमा बसिरहेको अबस्थामा अचानक छतबाट भुईंमा खसेको प्रहरीले जनाएको छ । गम्भीर घाइते अधिकारीको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको थियो । घटनाको आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीप्रवक्ता प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*