हिमालयन राइडर्स चौथो वर्षमा

साझाकुरा
२०८१ फाल्गुन ११, आईतवार ११:१३

हेटौंडा- स्वास्थ्य, पर्यावरण, पर्यटन र खेलकुदको निम्ति साइक्लिङ भन्ने नारा लिएर आमनागरिकलाई स्वस्थ्य रहन प्रेरित गर्दै स्थापना भएको हिमालयन राइडर्स सोसाइटी चौथो वर्षमा प्रबेश गरेको छ । स्वस्थ्य समाजको निर्माण गर्ने उद्देश्यले स्थापना भएको सोसाइटीले मेची–महाकाली साइकलयात्रा, रसुवागढी–ठोरी (उत्तर–दक्षिण) साइकलयात्रा, साइकल ¥याली, भेट्रान्स टुनामेन्ट, साइकल दौड प्रतियोगिता, कोरा ¥याली, अन्तरजिल्ला राइडिङलगायत कार्य गर्दै आएको छ । शनिबार सोसाइटीले तेस्रो वर्ष पुरा गरेको अवसरमा त्रिभुवन राजपथमा शुभकामना राइड गरेको थियो ।

स्थापना कालदेखि हालसम्म सहयोग, सल्लाह, सुझाव सहित हातेमालो गर्दै हौसला र उर्जा दिने ६० वर्ष उमेरपूरा गरेका कृष्णप्रसाद आचार्य, चेतनाथ आचार्य, लक्ष्मीचरन श्रेष्ठ, ओकिलराज बानियाँ, बुद्दीबहादुर आलेमगर, अशोक जोशीलगायतलाई सोसाइटीले धन्यवाद दिएको छ । ‘युवाजोस भएका अग्रजको अभिभाबकत्व अनि विभिन्न बिधामा रहनु भएका बिज्ञ र बौद्धिक ब्यक्तिको साथ र सहयोगले सोसाइटीलाई यो अवस्थामा पुग्न सफल भएको’ सोसाइटीका अध्यक्ष राजु थापामगरले बताएका छन् ।

सोसाइटीको साइक्लिङ सक्रयाकलापको सक्रीयता र लगनशिलतालाई देखेर नयाँनयाँ सदस्य जोडिने क्रम जारी रहेको अध्यक्ष थापामगरले बताए । यसैक्रममा धरानदेखि बसन्त राई र पोखरादेखि आनन्द बाराल सोसाइटीसँग जोडिएको अध्यक्ष थापामगरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*