बौद्धधर्म शान्ति र एकताको प्रतीकः सांसद् श्रेष्ठ

साझाकुरा
२०८१ फाल्गुन ११, आईतवार ११:१५

हेटौंडा- बागमती प्रदेशका पूर्व खानेपानी उर्जा तथा सिचाईमन्त्री एवम् प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले बौद्धधर्म शान्ति र एकताको प्रतीकका रुपमा नेपाली समाजमा स्थापित रहेको बताएका छन् । नेपाल अंहिसाबादी बौद्ध धर्म विश्वशान्ति चक्र संघ हेटौंडा उपमहानगरपालिका–१२ स्थित बुद्धरत्न गुम्बाले मानवकल्याण र विश्वशान्तिका लागि आयोजना गरेको पूजा समापन समारोहलाई सम्बोधन गर्दै उनले समाजमा अंहिसा र परोपकारी भावना जगाउन बौद्ध गुरुहरुको सकारात्मक भूमिका रहेको बताए ।

बुद्धरत्न गुम्बाको भौतिक पूर्वाधार विकासमा बागमती प्रदेश सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको स्मरण गर्दै उनले यो रकमबाट गुम्बाको भौतिक संरचनामा विकास हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा बौद्ध गुरुहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी सहित लामा गुरुहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*