हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग राख्दै हस्ताक्षर संकलन

साझाकुरा
२०८१ फाल्गुन १२, सोमबार ११:२०

हेटौंडा- हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गरी पूर्णसरकारी अस्पतालकै रुपमा राख्न माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु भएको छ । हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानले आइतबारदेखि अस्पताल परिसरमा नागरिक हस्ताक्षर अभियान सुरु गरिएको हो । हेटौडा अस्पताल बचाउ तथा सुधार अभियानका संयोजक विशालराज महतले हेटौंडा अस्पताल जोगाउन आफूहरु विगतका दिनदेखि नै अभियानमा लागेको बताएका छन् । हस्ताक्षर अभियान एक सातासम्म सञ्चालन हुने बताइएको छ ।

हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अलग स्थानमा अलग पहिचान सहितको आमजनताको पहूँचमा स्वास्थ्यसेवा प्रवाह गर्नुपर्ने, हेटौंडा अस्पतालको ६६ वर्षदेखिको सेवा इतिहासलाई कायम राख्न, संविधानप्रदत्त सेवाप्राप्त गर्न पाउने मौलिकहकको कार्यान्वयन गराउन, स्वास्थ्यसेवा अन्तर्गतका संरचना विवाद रहित रुपमा संचालन गर्न, हेटौंडा अस्पतालको स्वामित्व प्रतिष्ठानमा जाने गरी निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ खारेज हुनुपर्ने लगायत विषयमा सरोकारवाला निकायलाई दबाब दिने उद्देश्यले नागरिक हस्ताक्षर अभियान चलाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*