झाँक्रीहरुको गुफा तपस्या सकियो

साझाकुरा
२०८१ फाल्गुन १२, सोमबार ११:३०

हेटौंडा- हेटौंडा–१४ स्थित छोर्बा बोम्बो तथा डम्फुसेलो संस्था कालापानीका गुफा बसेका झाँक्रीहरु आईतवार बाहिर निस्किएका छन् । गत फागुन ५ गतेदेखि गुफा तपस्यामा बसेका झाँकीहरु एकहप्ता पछि आईतबार बाहिर निस्किएका हुन् । एकसाता तपस्यामा हरेका झाँक्रीलाई नगरप्रमुख मीनाकुमारी लामाले उनीहरुले प्रयोग गर्ने नयाँ पोशाक दिंदै बाहिर निकालेकी हुन् । सेले हाईकर बोन्को रिमठिम अनुसार सञ्चालन भएको गुफा बसेका झाँक्रीहरु एक कार्यक्रमको आयोजना गर्दै बाहिर निस्किएका हुन् । छोर्बा बोम्बो तथा डम्फुसेलो संस्था कालोपानी ब्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर बम्जनको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा नगरप्रमुख लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सम्बोधन गर्दै नगरप्रमुख लामाले सँस्कृतिलाई जगेर्ना गर्न झाँक्रीहरुको ठुलो योगदान रहेको बताइन् । ८० वर्षभन्दा माथिका नागरिक अझैपनि आफ्नो संस्कृति जोगाउन लागिपरेको भन्दै नगरप्रमुख लामाले धन्यवाद व्यक्त गरिन् । नेपालमा विभिन्न जातजाति बसोबास गर्ने सबैको आआफ्नै संस्कृति रहेको भन्दै नगरप्रमुख लामाले आफ्नो संस्कार आफैंले संरक्षण गर्नपर्ने बताइन् ।

उनले झाँक्री संघलाई आवश्यक सामग्रही उपलब्ध गराउने र संघले निर्माण गर्न लागेको डम्फुपार्क बनाउन उपमहानगरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । ५ गतेदेखि सुरु भएको गुफा तपस्यामा १० जना झाँकीहरु बसेका थिए । गुफामा बस्ने झाँकीले मन्त्र जपगरी तपस्या गरेका थिए । उनीहरुलाई भाँक्रीगुरु मदन थिङले प्रशिक्षण गराएका थिए । गुफा ध्यान बसेर निस्किएपछि झाँकीको गुरु भएको प्रमाणित हुने छोर्बा बोम्बो तथा डम्फुसेलो संस्थाका अध्यक्ष सार्कीमान हिमडुङले जानकारी दिए ।

संस्कृतिको जगेर्ना गर्न २०६९ सालमा स्थापना भएको संस्थाले पछिल्लो समय हेटौंडामा हुने हरेकजसो कार्यक्रममा झाँक्री नाच देखाउँदै आएका छन् । वडामा रहेका ४८ झाँक्रीमध्ये पहिलोचरणमा १० जनालाई गुफा राखिएको थियो । अब बाँकीलाई बिस्तारै ध्यानमा राखिने समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*