‘राज्यले सञ्चारक्षेत्रलाई अंकुश लगाउन खोज्यो’

साझाकुरा
२०८१ फाल्गुन २०, मंगलवार १२:०८

हेटौंडा- सञ्चार रजिष्टारको जिम्मेवारी भित्रका काम, कर्तव्य प्रभावकारी बनाउन आवश्यक रहेको सञ्चारकर्मीले बताएका छन् । सोमबार सञ्चाररजिष्टार कार्यालय बागमती प्रदेशको आयोजनामा भएको सरोकारवाला निकायबीचको छलफलमा सञ्चारजगतलाई व्यवस्थित एवम् मर्यादित बनाउन सञ्चार रजिष्टार कार्यालयले प्रभावकारी भूमिका खेल्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष शिव देवकोटाले राज्यबाट नै सञ्चार क्षेत्रलाई अंकुश लगाउने काम भएको बताएका छन् ।

नियमनको नाममा सरकारले सञ्चार क्षेत्रलाई नियन्त्रित गर्न खोजेको उनको बुझाई छ । अभिव्यक्ति स्वतन्त्रता तथा सञ्चार एवम् सूचनाको हक संरक्षण र सम्बद्र्धनमा रजिष्ट्रार कार्यालयले साचेअनुरुप कार्य गर्न नसकेको उनले बताए । सञ्चार रजिष्टारको पछिल्लो गतिविधिले औचित्य माथि नै प्रश्न उठेको उनको भनाई छ । यसैगरी महासंघका प्रदेश उपाध्यक्ष विमला पाण्डेले महिला सञ्चारकर्मी पलायन हुँदै गएकोमा चिन्ता व्यक्त गरिन् । महिलालाई सञ्चारक्षेत्रमा स्थापित गराउने खालका योजना आवश्यक रहेकोमा उनको जोड थियो ।

महासंघ बागमति प्रदेश अध्यक्ष कृष्ण सारु मगरले पत्रकारको हकहित स्थापित गर्न पत्रकार महासंघ र सञ्चार रजिष्टारको कार्यालयबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । विगतमा सञ्चार रजिष्टारसँग सोचे अनुरुपको समन्वय हुन नसके पनि आगामी दिन आवश्यक समन्वय गरेर पत्रकारको हकहितमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पत्रकार महासंघ मकवानपुर शाखाले प्रदेश समितिलाई स्वागत सम्मान एवम् बधाई ज्ञापन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*