२१ हजार ८ सय बाख्रामा लगाइयो पिपिआर खोप

साझाकुरा
२०८१ फाल्गुन २२, बिहीबार ११:२०

हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकामा २१ हजार ८ सय ३० वटा बाख्रामा पिपीआर खोप लगाइएको छ । बागमती प्रदेश सरकारले तय गरेको खोप अभियानमा पशुसेवा कार्यालयबाट प्राप्त भएको २२ हजार डोज पिपीआर खोपमध्ये २१ हजार ८३० डोज खोप लगाइएको गाउँपालिका पशुस्वास्थ्य प्राविधिक सन्दीप कुशवाहाले बताए । प्राप्त डोजअनुरुप भ्याम्सिनेटरमार्फत वडाका विभिन्न स्थान र घरदैलोमै पुगेर खोप सञ्चालन गरिएको उनले बताए ।

गत माघ २४ गतेदेखि सुरु भएको खोप अभियानमा सबैभन्दा बढी वडा नम्बर ९ मा तीन हजार ७२० बाख्रामा खोप लगाइएको कुशवाहाले बताए । भ्याम्सिनेटरले वडा नम्बर १ मा आठ सय, वडा २ मा एक हजार २४९, वडा ३ मा तीन हजार ६८, वडा ४ मा तीन हजार २८९ बाख्रामा खोप लगाएको छ । त्यस्तै, वडा ५ मा दुई हजार, वडा ६ मा पाँच सय, वडा ७ मा दुई हजार ६६, वडा ८ मा एक हजार ७२० र वडा १० मा तीन हजार ३४८ बाख्रामा खोप लगाइएको कुशवाहाले बताए । भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फर्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

पशुपालनतर्फ बाख्रा पाल्ने कृषकको संख्या बढ्नुका साथै भेडा÷बाख्रामा लाग्ने पिपीआर रोगको नियन्त्रण र रोकथामका प्रदेश सरकारको निर्देशनअनुरुप कार्यान्वयनमा खोप अभियान सञ्चालन गरिएको कृषि तथा पशुविकास शाखाप्रमुख राहुल सेन्चुरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*