आयुर्वेद अस्पतालको अध्यक्षमा ढकाल

साझाकुरा
२०८१ फाल्गुन २३, शुक्रबार ११:४७

हेटौंडा-बागमती प्रदेश सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा हेटौंडाका अर्जुन ढकाल नियुक्त गरेको छ । प्रदेश सरकारकास्वास्थ्य मन्त्री किरण थापाले बुधबार मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेका हुन् ।नवनियुक्त अध्यक्ष ढकालले बिहीबार मन्त्री थापाबाट नियुक्तिपत्र बुझेका छन् । अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय हेटौंडा–२ बनस्खण्डी रोडमा रहेको छ । भाडाको घरमा सञ्चालन भइरहेको चिकित्सालयको हेटौंडा उपमहानगरपालिका कार्यालय अगाडि १६ सैयाको अस्पताल सञ्चालन गर्ने योजनासहित भवन निर्माण भइरहेको छ ।

२०८२ बैशाखसम्ममा निर्माण कम्पनिले भवन सम्पन्नगरी हस्तान्तरण गर्ने सम्झौता भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौंडामातहत मकवानपुरको थाहा नगरपालिकासँगै मनहरी, बकैया, बागमती, इन्द्रसरोवर र कैलाश गाउँपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*