अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नीतिसंवाद

साझाकुरा
२०८१ फाल्गुन २४, शनिबार ११:०५

हेटौंडा-१ सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार हेटौंडामा नीतिसंवाद कार्यक्रम भएको छ । मकवानपुर महिला उत्थान समाजको आयोजनामा कार्यक्रम भएको हो । संवाद कार्यक्रममा मनहरी गाउँपालिका अनौपचारिक क्षेत्रमा कार्यरत २३ जना महिलाको सहभागिता रहेको थियो । नीतिसंवाद कार्यक्रममा नेपाल ट्रेड युनियन श्रमिक संघका अध्यक्ष खलिन मियाँ, जिफन्ट मकवानपुरका अध्यक्ष अर्जुन अर्याल, अखिल नेपाल ट्रेड युनियन बागमती प्रदेशका अध्यक्ष बिष्णु राना, मनहरी गाउँपालिका प्रधानमन्त्री स्वरोजगार शाखाका सवईन्जिनियर राजकुमार ठाकुर प्रमुख वक्ताका रुपमा रहेका थिए ।

कार्यक्रममा सहभागी श्रमिक महिलाले समयमा ज्याला नपाउने, बढी समयसम्म काम गर्नुपर्ने, पुरुष श्रमिकको तुलनामा कम ज्याला पाउने जस्ता समस्या झेल्नु परेको बताएका थिए । श्रमिक महिलाले अनौपचारिक क्षेत्रमा काम गर्नेक्रमर्मा दुर्घटना हुँदा उपचार समेत नपाईने गुनासो राखेका थिए । उनीहरुले श्रम डेस्कको स्थापना गर्न माग राखेका थिए । मकवानपुर महिला उत्थान समाजका अध्यक्ष कमला सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*