मनहरीमा सवारी दुर्घटना हुँदा १ महिलाको मृत्यु

साझाकुरा
२०८१ फाल्गुन २८, बुधबार ११:२०

हेटौंडा-मकवानपुरको मनहरी गाउँपालिकामा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।मनहरी गाउँपालिका वडा नं. ७ स्थित पूर्वपश्चिम सडकखण्डको रमनटारमा चितवनबाट मनहरीतर्फ आउँदै गरेको ग ११ प ९६२८ नं. को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ क ०८२७ नं. को खाली मिक्सर ट्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवकुमार चौधरीको श्रीमती ३४ वर्षीया सरितादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन् ।

त्यसैगरी दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक बाराका ३५ वर्षीय शिवकुमार चौधरी र अन्दाजी ५÷६ वर्षका अन्श चौधरी रहेको प्रवक्ता अर्यालले बताए । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । मिक्सर ट्रक र ट्रकचालक मनहरी गाउँपालिका–९ ज्यामिरे बस्ने ४९ वर्षीय धनबहादुर सुनार इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*