मकवानपुरमा २८ विद्यालयमा एसईईको केन्द्र निर्धारण

साझाकुरा
२०८१ फाल्गुन २८, बुधबार ११:२३

हेटौंडा- यसवर्ष हुने एसइई परीक्षाका लागि मकवानपुरका २८ वटा विद्यालयमा परीक्षाकेन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले १० वटै स्थानीय तहका २८ वटा विद्यालयमा परीक्षाकेन्द्र निर्धारण गरेको हो । त्यसैगरी यसवर्ष मकवानपुरमा सामुदायिकतर्फ १ सय १२ र संस्थागत तर्फ ३७ विद्यालय गरी कुल १ सय ४९ विद्यालय एसइई परीक्षामा सामेल हुने समन्वय ईकाईप्रमुख सुदीप गिरीले जानकारी दिएका छन् । चैत ७ गतेबाट सुरु हुने परीक्षाको लागि उत्तरपुस्तिका र प्रश्नपत्र प्रहरीको समन्वयमा परीक्षाकेन्द्रमा पठाउने काम सुरू गरिसकिएको ईकाईप्रमुख गिरीले बताए ।

उनका अनुसार १÷२ दिनमा परीक्षाकेन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्यक्रम रहेको छ । उनले संघ र प्रदेशबाट प्राप्त हुने उत्तरपुस्तिका र प्रश्नपत्र प्राप्त भइसकेको उल्लेख गरे । यसवर्ष मकवानपुरमा बागमती गाउँपालिका अन्तर्गत जनता मावि फापरबारी, बकैया गाउँपालिकाअन्तर्गत बुद्ध मावि हात्तीसुडेँ र महेन्द्र मावि छतिवन, जनकल्याण मावि पालुङ, महेन्द्र मावि भीमफेदी, मत्स्यनारायण मावि पालुङ, सरस्वती बालबोधीनी मावि मार्खु, बज्रबाराही मावि, राष्ट्रिय रोटरी मावि मनहरी, महेन्दकिरण मावि ज्यामिरे, महेन्द्रकिरण मावि हेटौंडा–३ बसामाडी, निर्मल मावि बस्तिपुर परीक्षा केन्द्र निर्धारण भएको छ ।

वंशगोपाल मावि चौघडा, आधुनिक राष्ट्रिय मावि हेटौंडा–४, ज्ञानदा मावि हेटौंडा–१०, बालज्योति मावि हेटौंडा–५ पिप्ले, सिद्धार्थ मावि हेटौंडा–२, भुटनदेवी मावि हेटौंडा–४, जिएस निकेतन हेटौंडा–५, सोलिड्यारिटी ईङलिश बोर्डिङ स्कुल हेटौंडा–१०, प्रगति मावि हेटौंडा–९, जनप्रिय मावि हेटौंडा–१६, अमर मावि हेटौंडा–१, श्रमिक मावि हेटौंडा–४, चन्द्रोदय मावि हेटौंडा–८ र प्रजाजागृति मावि राक्सिराङ र कैलाश गाउँपालिका–९ नामटारमा रहेको कालिका मावि गरी २८ परीक्षाकेन्द्र निर्धारण गरेको छ ।

गतवर्ष २६ परीक्षा केन्द्र रहेकोमा श्रमिक मावि हेटौंडा–४ र कैलाश–९ नामटारमा रहेको कालिका माविमा नयाँ केन्द्र थप गरिएको हो । योसँगै यसवर्षबाट मकवानपुरको सबै (१० वटै) स्थानीय तहमा एसईई परीक्षाकेन्द्र निर्धारण गरिएको छ । श्रमिकमा माविमा मकवानपुरका प्राविधिक धारमा पढाइ हुने विद्यालयको मात्र परीक्षाकेन्द्र निर्धारण गरिएको एकाई प्रमुख गिरीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*