लागूऔषध ट्रामाडोल सहित ३ जना पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले लागूऔषध ट्रामाडोल सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१४ मयुरधापका २२ वर्षीय विकास तिमल्सिना, २६ वर्षीय कैलाश लामा र ३३ वर्षीय प्रकाश मगर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले हेटौंडा–१४ मयुरधापचोक नजिकै भित्री सडकखण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन् । विशेष सूचनाको आधारमा अस्थायी प्रहरीपोष्ट मयुरधापबाट खटिएको प्रहरी गस्तीटोलीले खानतलासी गर्दा शरीरमा लुकाईछिपाई राखेको अवस्थामा ट्रामाडोल १२० पिस बरामद गरेको प्रवक्ता अर्यालले बताए । मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।







