भीमफेदीको धोर्सिङ सव–स्टेशन ५ दिन बन्द हुने

साझाकुरा
२०८१ चैत्र ६, बिहीबार ११:१३

हेटौंडा- कुलेखानी प्रथम जलविद्युत केन्द्र अन्तर्गत धोर्सिङ सवस्टेशनबाट वितरण भइरहेको विद्युत सप्लाई ५ दिनको लागि बन्द हुने भएको छ । धोर्सिङ सवस्टेशनबाट थाहा नगरपालिका, ईन्द्रसरोवर, भीमफेदी र कैलाश गाँउपालिकामा विद्युत वितरण भइरहेको ५ एमभिए क्षमताको ट्रान्सफर्मरको क्षमता बढाई २२.५ एमभिए क्षमताको ट्रान्पमर्mर जडान गर्न चैत्र ७ गते बिहीबार बिहान ७ बजेदेखि ११ गते साँझ ६ बजेसम्म धोर्सिङ सवस्टेशनबाट लाइन सटडाउन गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुन लागेको हो ।

उत्तरी मकवानपुरको एकमात्र विद्युत आपूर्तिको स्रोत धोर्सिङ सवस्टेशनबाटै विद्युत आपूर्ति बन्द हुने भएपछि पालुङ वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा पनि विद्युत आपूर्ति अनियमित हुनसक्ने पालुङ वितरण केन्द्रले जनाएको छ । धोर्सिङ सवस्टेशन बन्द हुने समयमा धादिङको नौबिसे तथा हेटौंडाको चौकीटोल र हात्तीसँुडे सवस्टेशनबाट वैकल्पिक फिडरमार्फत् विद्युत आपूर्तिको तयारी गरिएको छ ।

वैकल्पिक फिडर अत्यन्तै लामो भएका कारण भोल्टेज तलमाथि हुनसक्ने र लाइन काट्ने लगाउने गर्नुपर्ने हुँदा नियमित विद्युत आपूर्तिमा समस्या हुनसक्ने भएकाले अतिआवश्यक कामका लागि मात्र विद्युत प्रयोग गर्न पालुङ वितरण केन्द्रले आग्रह गरेको छ । नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालन विभागले धोर्सिङ सवस्टेशनमा हाल जडित ५ एमभिएको ट्रान्सफर्मरबाट लोड व्यवस्थापन गर्न अपुग भएपछि २२.५ एमभिएको ट्रान्सफर्मर जडान गर्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*