सडकमै पल्टियो भारतीय ग्यास बुलेट

साझाकुरा
२०८१ चैत्र ७, शुक्रबार ११:२८

हेटौंडा- मकवानपुरमा भारतीय ग्यास बुलेट र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । बिहीबार बिहान सवा ७ बजे हेटौंडा उपमहानगरपालिका–८ स्थित पूर्वपश्चिम सडकखण्डमा ट्रक र ग्यास बुलेट ठोक्किएर दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार बीरगन्जबाट धार्के आउँदै गरेको एनएल ०१ एए ५००७ नम्बरको भारतीय ग्यास बुलेट
र विपरीत दिशातर्फ जाँदै गरेको ग १ ख ९४८१ नम्बरको ट्रक ठोक्किँदा ग्यास बुलेट सडक किनारमा पल्टिएको हो ।दुर्घटनामा मानवीय क्षति नभएको डिएसपी अर्यालले जानकारी दिएका छन् । ग्यास बुलेट सडक किनारमा पल्टिएकाले सवारी आवागमनमा अवरोध नभएको डिएसपी अर्यालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*