विशाल सत्संग समारोह आयोजना

साझाकुरा
२०८१ चैत्र ९, आईतवार १२:४६

हेटौंडा-हंसलोक जनकल्याण समितिको आयोजनामा विशाल सत्संग समारोह आयोजना गरिएको छ । हेटौंडा–१० स्थित टिसिएनचौरमा आयोजित भव्य कार्यक्रममा भारत र नेपालका विभिन्न जिल्लाका ५ हजार भन्दा बढी श्रद्धालु भक्तजनको उपस्थिति रहेको थियो । संस्थाका प्रणेता भोलेजी महाराज एवम् माता मंगलाजीले कार्यक्रममा सम्बोधन गरेका थिए । साथै विशाल सत्संग संगीतमय भजनकीर्तनको समेत आयोजना गरिएको थियो । आध्यात्मिकज्ञानको प्रचारप्रसार, मानवसेवा एवम् वैदिक सनातन धर्मको बारेमा ज्ञान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

आध्यात्मिकज्ञानमार्फत् पारस्परिक प्रेम, मानवीय एकता, सामाजिक सद्भाव तथा विश्वशान्तिको वातावरण बनाउन सत्संग प्रभावकारी बन्ने आयोजकको विश्वास रहेको छ । यसैबीच, हेटौंडा उप महानगरपालिका–३ लेवटमा नवनिर्मित हंसलोक आश्रम भवनको उद्घाटन गरिएको छ । यसकासाथै समितिको तर्फबाट सामाजिक कार्यस्वरुप हेटौंडा–१९ वडा कार्यालयको व्यवस्थापन रहने गरी एम्बुलेन्स समेत प्रदान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*