लेकपानी–धुपारे–भैरबडाँडा खानेपानी आयोजना उद्घाटन

साझाकुरा
२०८१ चैत्र ११, मंगलवार १३:३२

हेटौंडा- हेटौंडा–१ र १९ नं. वडाका उपभोक्ताको लागि निर्मित खानेपानी आयोजना लेकपानी–धुपारे–भैरबडांँडाको सोमबार उद्घाटन गरिएको छ ।बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाईमन्त्री श्यामबहादुर खड्काले खानेपानी आयोजनाको उद्घाटन गरेकाहुन् । कार्यक्रममा मन्त्री खड्काले जनताको समस्यालाई सम्बोधन गर्न नसक्दा नै अहिले प्रदेश सरकारप्रति जनताको नैराश्यता छाएको बताए । विगतमा पहुँचको आधारमा विभेदपूर्ण तरिकाले बजेट विनियोजना भएकोले पनि त्यस्तो स्थिति सिर्जना भएको उनले दाबी गरे । मन्त्री खड्काले जनतासँग प्रत्यक्ष सरोकार राख्ने योजनालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

मन्त्री खड्काले धेरै बोल्ने नभएर धेरै काम गर्ने जनप्रतिनिधि भएमा हाल जनतामा सिर्जना भएको नैराश्यता कमी गर्न सकिने बताए । यस अघिको प्रदेश सरकारले पर्याप्त बजेट प्राथमिकताको आधारमा विनियोजन नगर्दा यो योजना अधुरो रहेको स्पष्ट पार्दै अब एक वर्षभित्रमा काम सम्पन्न हुनेगरी बजेट विनियोजन हुनेमा ढुक्का हुन मन्त्री खड्काले आस्वास्थ पार्नुभयो । योजनाको लागि चालू आर्थिक वर्ष २०८१÷८२ मा ७८ लाख रुपैयाँ विनियोजन भएकोमा २ वटा ७५ घनमिटर क्षमताको ग्राउण्ड रिजभ्र्वायर टंकी र पाइप खरिद कार्यको लागि ७१ लाख रुपैयाँ खर्च भइसकेको खानेपानी तथा सरसफाई डिभिजन १ मकवानपुरका डिभिजन प्रमुख रविन श्रेष्ठले जानकारीदिए । खानेपानी आयोजनाबाट ७ सय भन्दा बढी घर लाभान्वितहुने कार्यालयले जनाएको छ ।

बाँकी घरधुरीलाई व्यवस्थितढंगले खानेपानी सञ्चालन गर्न १ करोड ५० लाख बजेट आवश्यक रहेको डिभिजनप्रमुख श्रेष्ठलेबताए । लेखपानी–धुपारे–भैरबडाँडा खानेपानी तथा सरसफाई उपभोक्तmा समिति अध्यक्षखड्गरत्न गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका पूर्वखानेपानी मन्त्री एकालाल श्रेष्ठ, १ नम्बर वडाध्यक्ष सविन न्यौपाने, १९ नं. वडाध्यक्ष नरनाथ सुवेदी, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयका महाशाखा प्रमुख नबीन अधिकारी, बागमती प्रदेश खानेपानी महासंघ तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्षबद्री देबकोटालगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*