मकवानपुर पार्टी प्यालेस अध्यक्षमा अधिकारी सर्वसम्मत

साझाकुरा
२०८१ चैत्र १२, बुधबार १२:२०

हेटौंडा-मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको तेस्रो अधिवेशनले रोयल प्यालेस हेटौंडाका संचालक ध्रुबप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा मदनकुमार पोखरेल, महासचिवमा ज्ञानेन्द्र अधिकारी, कोषाध्यक्षमा देबुप्रसाद चौलागाईं चयन भएका छन् । सदस्यहरुमा पारसमणि थिङ, राजेशकुमार शर्मा, अनिस वाग्ले, रिजन बर्तौला, प्रमोद उप्रेती, सन्दीप ढुंगाना, महेश ठकुरी र विवेक मानन्धर चयन भएका छन् ।

मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघका अध्यक्ष दीपक सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष तेबिन्द्ररत्न शाक्यको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा मकवानपुर उध्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद पाण्डे, केन्द्रय सदस्य चेतनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*