मानवसेवा आश्रमको महायज्ञको तयारी पूरा

साझाकुरा
२०८१ चैत्र १५, शनिबार ०७:५५

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–९ स्थित मानवसेवा आश्रमले गर्न लागेको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।शुक्रबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै चैत्र १७ गतेदेखि २४ गतेसम्म हुने महायज्ञको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । आश्रमको मुख्य कार्यालयको प्रा·णमा हुने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमबाट कथा प्रवचन हुने आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिएका छन् । आश्रमको क्षमता अभिवृद्धि र आश्रम व्यवस्थापनलाई थप सहज बनाउन महायज्ञ गर्न लागिएको उनले बताए । महायज्ञबाट उठेको रकमबाट १० करोडको अक्षयकोष स्थापना गरिने बताइएको छ । २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको संकल्पलाई पूरा गर्नको लागि आधार तयार पार्न महायज्ञले सहयोग पु¥याउने उनको भनाई छ ।

महायज्ञको पहिलो दिन चैत्र १७ गते बिहान ७ः३० बजेदेखि कृष्माण्डसरोबर त्रिवेणीधामबाट बाजागाजा सहित कलशयात्रा निकालिने संरक्षक अधिकारीले जानकारी दिए । महायज्ञको समुद्घाटन बिहान ९ बजे बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्नेछन् । त्यसैगरी चैत्र १८ गतेदेखि २४ गतेसम्म प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जली योग समिति, जीवन विज्ञान, द आर्ट अफ लिभिङ, मोक्षपथ फाउण्डेशन लगायत अन्य संघसंस्थाको सहकार्यमा निःशुल्क योगशिविर सञ्चालन हुनेछ ।

बिहान ८ बजेदेखि १० बजेसम्म मकवानपुरका सामुदायिकदेखि संस्थागत विद्यालयमा अध्ययनरत् कक्षा १०, ११ र १२ का विद्यार्थीसँग मनको व्यवस्थापन, सकारात्मक सोच, मानवता प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने अध्यक्ष अधिकारीले बताए । प्रत्येक दिन साँझ ६ बजेदेखि ७ः३० बजेसम्म स्थानीय कलाकारको भजनकीर्तन र ७ः३० बजेदेखि ९ः३० बजेसम्म राष्ट्रिय कलाकारको भजनकीर्तनको कार्यक्रम रहेको छ । हेटौंडामा हुन लागेको यो महायज्ञ १० औं हो । यसअघि आश्रमले चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत, धनगढी र सर्लाहीमा महायज्ञ गरिसकेको छ । हेटौंडा स्थित कार्यालयले हालसम्म १ हजार ७ सय ९६ जनाको उद्दार गरिसकेको छ भने २ सय ३८ जना अझै आश्रित छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*