मानवसेवा आश्रमको महायज्ञमा दाताको सहभागिता बढ्दै

साझाकुरा
२०८१ चैत्र १८, मंगलवार ११:३९

हेटौंडा- मानवसेवा आश्रमले आइतबारदेखि सुरू गरेको महायज्ञमा दान गर्ने दाताहरूको सहभागिता बढ्दै गएको छ । महायज्ञमा हेटौंडा उपमहानगरपालिका–५ का डा. कृष्ण धितालले भवनको क्षमता विकासका लागि स्वर्गीय श्रीमती र छोराको स्मृतिमा ५ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गरेका छन् । महायज्ञमा सोमबार धापटोल विकास संस्थाले अक्षयकोष श्रीवृद्धिका लागि १ लाख ११ हजार १ सय ११ रूपैया सहयोग गरेको छ ।

कमलामाई नगरपालिका–१३ सिन्धुली निवासी शायना खड्काले ५० हजार रुपैयाँ योगदान गरेका छन् । अक्षयकोष निर्माणका लागि काठमाडौंस्थित कुन्हा इन्टरनेशनल १० हजार रुपैयाँ प्रदान गरेको छ । मानवसेवा आश्रम सर्लाही शाखाका अभिभावक परिवारद्वारा आश्रमको अक्षयकोषका लागि १९ हजार १ सय ५५ रुपैयाँ दान गरिएको छ । पुरुषोत्तम पौडेलले १५ हजार १ सय ११ रुपैयाँ, सीताराम÷कान्छीदेवी बर्ताैलाले २५ हजार दान गरेका छन् ।

त्यस्तै महायज्ञमा सोमबार हेटौंडा उपमहानगरपालिका–९ लामसुरेधाप निवासी कृष्णप्रसाद गौतमले ६ हजार १० रुपैयाँ, चम्पा कोजु परिवारले ५ सय ५५ रुपैयाँ रुपैयाँ, प्रथकजंग थापा ५ हजार ५ सय ५५ रुपैयाँ, हेटौंडा–४ निवासी शिवप्रसाद पौडेल÷प्रमिला पौडेल १६ हजार ५५ रुपैयाँ, हेटौंडा–८ सोमबहादुर गुरुङले १५ हजार १ सय ५१ रुपैयाँ, काठमाडौँ महानगरपालिका–१० बानेश्वर निवासी ध्रुव केसीले ११ हजार रुपैयाँ, मुख्यमन्त्री बहादुरसिंह लामाले २५ हजार रुपैयाँ नगद दान गरेका छन् ।

हेटौंडा–२ स्थित सिद्धिविनायक टोल विकास संस्थाले २० हजार ८ सय ४० रुपैयाँ, सशक्त टोलविकास संस्थाले ५ हजार १ सय रुपैयाँ, हेटौंडा–९ स्थित प्रगतिशील टोल विकास संस्थाले १८ हजार ६० रुपैयाँ, बागेश्वरी टोल विकास संस्थाले ५ हजार ५ रुपैयाँ, दिव्यपथ टोल विकास संस्थाले ५ हजार ७५ रुपैयाँ, सृष्टि टोल विकास संस्थाले २२ हजार १५ रुपैयाँ, पुरानो मकवानपुर रोड टोल विकास संस्थाले २६ हजार ८ सय १० रुपैयाँ, सिद्धार्थ टोल विकास संस्थाले २८ हजार ८ सय १० रुपैयाँ, देवीपथ टोल विकास संस्थाले १८ हजार ५५ रुपैयाँ, नयाँ मनकामना टोल विकास संस्था १२ हजार ७ सय ३५ रुपैयाँ, सिर्जनशील टोल विकास संस्थाले ११ हजार ७ सय ५५ रुपैयाँ दान गरेका छन् ।

मकवानपुर अटोमेकानिक एन्ड इन्जिनियरिङ एसोसिएनले ५ हजार ६ सय रुपैयाँ दान गरेको छ । महायज्ञमा आश्रमको अक्षयकोष श्रीवृद्धिका लागि सीतराम दाहाल÷ युवराज पौडेलले ५ हजार ५५ रुपैयाँ, विदुर÷मन्दिरा थापा ५ हजार ५ सय ५५ रुपैयाँ, हेटौंडा–२ विजयराज÷ईन्द्रकुमारी जोशीले ५ हजार ५ रुपैयाँ, लालबन्दी नगरपालिका–१४ निवासी रत्नकुमारी घिसिङले ५ हजार १ सय ५ रुपैयाँ, कल्पना सापकोटा गजुरेल ५ हजार १ सय रुपैयाँ दान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*