हेटौंडामा आउँदो वर्षबाट अटिजम विद्यालय सञ्चालन

साझाकुरा
२०८१ चैत्र २०, बिहीबार १०:४०

हेटौंडा- अटिजम भएका बालबालिकालाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाले विद्यालय सञ्चालन गर्ने भएको छ । विश्व अटिजम जनचेतना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामाले उपमहानगरले हेटांैडा–११ थानाभ¥या·मा विद्यालय सञ्चालनका लागि बजेट व्यवस्थापन गर्ने बताइन् । उपमहानगरले महिलाका लागि भवन निर्माणको काम गर्न डिपीसी भैसकेको जमिनमा विद्यालय सञ्चालनको तयारी थालिएको जानकारी दिइन् । पछिल्लो समय अटिजम भएका बालबालिकाका अभिभाबकले निजी क्षेत्रबाट सञ्चालन भएका विद्यालयमा चर्को शुल्क असुलेको गुनासो गरिरहेको सन्दर्भमा अब सबैखालका परिवारलाई लक्षित गर्दै उपमहानगरले विद्यालय सञ्चालनको पाटो अघि बढाएको बताइन् ।

जनचेतना दिवसको सन्दर्भमा हेटौंडा–४ मा रहेको सेन्टर फर अटिजममा भएको अभिभाबकसँगको कार्यक्रममा नगरप्रमुख लामाले नजिकबाट यस्को विषयमा जानकारी नलिँदा सबैलाई उस्तै सोच्ने गरेकाले अहिले समस्या देखिएको भन्दै अब सुधार गरेर जानेपक्षमा रहेको बताइन् । अटिजम र शारीरिक अशक्त बालबालिकालाई एकै ठाउँमा राख्दा अहिले समस्या देखिएको बताइन् । उनले भनिन् ‘नगरक्षेत्रमा रहेका सबैखालका बालबालिकालाई शिक्षाबाट टाढा नराख्ने सोच सहित काम गरियो अहिले फरकखालको विषय उपमहानगरसम्म आएको छ यसलाई सुधार्ने छौं’ । अब समाजले के भन्ला भन्ने होइन पारिवारीक हिसाबले अभिभाबक बाहिर आउँदै बालबालिकाको अधिकारलाई कुन्ठित नबनाउँन आग्रह गरिन् । अहिले आफ्नो बालबालिकाको अवस्था पहिचान नगरी मन्टेश्वरी, निजी विद्यालयका कक्षामा राखेपछि सामस्या झनै बद्दै जान्छ यो विषयमा अभिभाबक आफैं सचेत भएर बालबालिकाको अवस्था बुझ्न जरुरी रहेको उनले बताइन् ।

अटिजमको समस्यालाई समाधान गर्न उपमहानगरले व्यवस्थित विद्यालय सञ्चालनका लागि गृहकार्य गरिरहेको उनको भनाई थियो । अहिले सेन्टर फर अटिजममा उपमहानगरपालिका क्षेत्रका ३२ जना बालबालिका अध्यापन गर्दै आएका छन् । कार्यक्रममा बालबालिकाका अभिभाबकले उपमहानगरले अटिजमको विषयमा स्थानीय जिम्मेवार बन्न आग्रह गरे । सेन्टर फरका उपाध्यक्ष शेखर थपलियाले अभिभाबले बालबालिकाको अवस्था नबुझ्दा समस्या भैरहेको बताए । उनले अहिले मन्टेश्वरी, निजीक्षेत्रका नर्सरी कक्षा, अन्य विद्यालयमा बालिकालिकालाई अभिभाकले पठाउँदा भोलिका दिनमा समस्या हुने बताए ।

उनले भने ‘कति अभिभावकले मंहगो शुल्कमा मन्टेश्वरी पठाएका छन्, ति बालबालिका अन्य जसरी अध्यापनमा ध्यान दिए नदिएको अध्ययन गर्ने कोही नहुँदा समस्या बढ्दै गएको छ ।’ हामीले सञ्चालन गरेको विद्यालयमा अहिले पनि बालबालिका राख्नु प¥यो भन्दै कति अभिभाबक आएपनि स्थान अभाबले समस्या भैरहेको उनले जानकारी दिए । सेन्टर फर अटिजमका अध्यक्ष हरिकृष्ण मैनालीको अध्यक्षतामा भएको जनचेतना दिवसको कार्यक्रममा सचिव अस्मिता कालिका, कोषाध्यक्ष निश्ला श्रेष्ठ, सदस्य उमा पौडेल, थेरापिष्ट डा. श्रमिका श्रेष्ठको आतिथ्यता रहेको थियो ।

अटिजम बालबालिकाको बौद्धिक क्षमतामा कमी आउँने रोग भएको हेटौंडा अस्पतालका बालरोग बिशेषज्ञ डा. हरिबहादुर खड्काले बताए । डा. खड्काका अनुसार यस्तो समस्या छोरामा भन्दा छोरीमा बढी देखिने गरेको पाइएको छ । हरेक ३६ जनामा १ जनामा अटिमज देखिन्छ भन्ने अध्ययनले देखाएको उनले जानकारी दिए । यो समस्या रहे नरहेको १८ महिनादेखि २४ महिनासम्म पत्ता लाग्ने र ६ महिनासम्म उसको चारित्रिक अवस्था हेरेर पत्ता लाग्ने उनले बताए ।

उनका अनुसार अन्य रोग वा बाललिकामा देखिएको समस्या जस्तो अटिजम भएका बालबालिकामा औषधि खुवाएर ठीक हुने भन्नै हुँदैन बिभिन्न प्रकारका थेरापीबाहेक रोगको निरकरणका लागि अन्य कुनै प्रबिधि नभएको बताए ।डा. खड्काका अनुसार अटिजम भएका बालबालिकाले अरुको बारेमा वास्ता नगर्ने, आँखामा आँखा जुधाएर कुरा गर्ने नसक्ने, उमेर अनुसार बोल्न नसक्ने र एकै प्रकारको व्यवहार बारम्बार गरिरहने जस्तो समस्या देखिने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*