६८ औं राष्ट्रिय सहकारी दिवस साताब्यापी कार्यक्रमसहित सम्पन्न

साझाकुरा
२०८१ चैत्र २१, शुक्रबार ०८:५८

हेटौंडा-६८ औं राष्ट्रिय सहकारी दिवस बिबिध कार्यक्रमसहित हेटौंडामा भब्य रुपमा मनाइएको छ । बुधबार बिहान प्रभातफेरीसहित प्रवचन, पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरी सहकारी दिवस मनाइएको हो ।कार्यक्रम प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको अध्यक्षता तथा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । उत्कृट हुने सहकारी हेटौंडा–११ को बागेश्वरी महिला सहकारी संस्था लिमिटेडलाई नगदसहित सम्मान गरिएको छ । सहकारी दिवस मनाउँदै गर्दा ¥यालीमा बागेश्वरी सहकारी समयमै उपस्थित भई एकै किसिमका भेषभूषासहित उपस्थित भएको भन्दै नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

सानाकिसान सहकारी लिमिटेड हटिया द्वितीय, सानाकिसान सहकारी संस्था हर्नामाडी तृतीय तथा महिलामिलन बचत तथा ऋण सहकारी संस्था, सानाकिसान सहकारी मनहरी र सानाकिसान सहकारी बसामाडी सान्त्वना भएको थियो । द्वितीय, तृतीय र सान्त्वना भएका सहकारीलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारीले अब उत्पादनमुलक कार्यलाई जोड दिनुपर्ने सुझाव दिए । बचत र ऋणसँगै अब उत्पादनमुलक कार्यमा लाग्नु जरुरी रहेको उनको भनाई थियो ।

कार्यक्रममा सहकारीसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा साताब्यापी कार्यक्रमको आयोजना गरिएको थियो । सहकारी संघसंस्थाको कार्यालयमा यस वर्षको नारा उल्लेख गरी व्यानर राख्नुका साथै सहकारी विषयमा अन्तरक्रिया तथा रक्तदानको आयोजना भएको थियो ।दिवस मनाउन बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्षको नेतृत्वमा मूल समारोह समिति गठन गरिएको थियो । कार्यक्रममा जिल्लाका सहकारी संघसंस्थाका प्रमुख प्रतिनिधिको सहभागिता रहेको थियो । सहकारी अभियन्ताहरुले यस दिवसलाई विशेष महत्वका साथ मनाउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*