लागुऔषध सहित तीन जना पक्राउ

साझाकुरा
२०८१ चैत्र २२, शनिबार १३:२०

हेटौंडा- मकवानपुर प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–७ घरभई हाल हेटौंडा–४ नेपालचोकमा डेरागरी बस्ने ३४ वर्षीय दिनेश गोले, हेटौंडा–१० बस्ने २८ वर्षीय निरोज लामा र सोहीस्थान बस्ने ३३ वर्षीय महम्मद मिया रहेका छन् ।

लागूऔषध कारोबार गरिरहेको विशेष सूचनाको आधारमा पक्राउ परेका उनीहरुकोको साथबाट लुकाइछिपाइ राखिएको २ सय ५० ग्राम खेरोहेरोइन र ११ बोत्तल लागूऔषध अनरेक्स फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका उनीहरुलाई लागुऔषध मुद्दामा ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*