५२ किलो गाँजा सहित मुक्तान पक्राउ

साझाकुरा
२०८२ बैशाख ५, शुक्रबार १२:४४

हेटौंडा- मकवानपुर प्रहरीले ५२ किलो गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ नयाँवस्तीका ५० वर्षीय बाबुराम मुक्तान रहेका छन् । नयाँवस्तीस्थित ब्रमादेवी सामूदायिक वनभित्र पैदल हिडिरहेका उनलाई विशेष सूचनाको आधारमा प्रहरीले गाँजासहित फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन् । उनी रुपाचुरीबाट नयाँबस्तीतर्फ गाँजाको भारी बोकी पैदल आउदै थिए ।सुनाचुरी बस्ने मुक्तानलाइ नियन्त्रणमा लिइ लागुऔषध कसुर मुुद्दामा मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*